NewsThoughts

प्राधिकरणबाट बिदा हुँदै कुलमानले भने- ‘मैले काम मात्र गरेको हुँ’

काठमाडौँ : ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आम नेपालीको अनुहार उज्या`लो हुन्थ्यो । त्यो भनिएको ठ्या`क्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो ।

नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छे अनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन ।

कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बन्नु भयो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋणको भार र खस्केको साखका बीच प्राधि`करण भित्रै बाट क्षमतावान् व्यक्ति खोजेर घिसिङलाई कार्यकारी निर्देशक बनाउनुभयो ।

त्यो नियुुक्ति प्राधिकरणको अवनतिलाई उन्नतिमा रूपान्तरण गर्ने यो`जनाको सुुरुवात थियो । त्यसका लागि समग्र सरकार र नेपाली जनताको पूर्ण समर्थन रह्यो । सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्दे`शकको भूमि का सफल बनाउँदै आइतबारबाट बिदा हुनुभयो । आफ्नो चार`वर्षे कार्यकाल सम्पन्न गरेर जाँदै गर्दा उहाँले गोरखापत्रसँग भन्नुभयो, “संस्थागत सफलता एउटा व्यक्तिले हात पार्ने कुरा होइन; उसको इच्छा शक्ति, माथिको नेतृत्व र सहकार्य गर्ने टिम`ले सफलता दिला उने हो । मैले काम मात्र गरेको हुँ ।”

उहाँले सविस्तार भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री र सरकारका अन्य नेतृत्वको निर्देशन एवं मार्गदर्शन र ऊर्जामन्त्री तथा मन्त्रालयको योजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धि हासिल भएका हुन।” आफू सँगै रहेका कार्मचारीको योगदान पनि उत्तिकै सराहनीय रहँदै आएको घिसिङको बुझाइ छ ।

“उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी बनाउन प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रया सबाट मात्रै उपलब्धि हासिल गर्न सम्भव थिएन”, उहाँले भन्नुभयो । प्राधिकरणको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनले भन्छ, “सो वर्ष खुद नाफा १२.३६ प्रतिशतले बढेर ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ ।

Related Articles

Back to top button
Close