Religious

सोमबार यी ५ काम गर्नुहोस्, पुरा हुनेछन् हरेक इच्छा !

ज्योतिषको अनुसार, सोमबार अर्थात आजको दिन भगवान शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ ।

हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो,यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान शंकरका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। यसैले, यस दिन मान्छे शिव शंकर को उपासना संग विभिन्न प्रकार को उपचार गर्छन, ताकि उनिहरुलाई भोलेनाथको आशीर्वाद प्राप्त होस ।

त्यसैले आज हामी तपाईलाई जानकारी गराउँछौं कसरी भगवान शिव शंकरलाई खुःशी बनाउँने । हो तपाईं यो पाँच कुराहरु हरेक हप्ताको सोमबार सजिलै गर्न सक्नुहुन्छ र चाँडै तपाईंमाथि भगवान शिवको अनुग्रह प्राप्त हुन सक्छ । आजको दिन भगवान शिवको यसरी गर्नुहोस उपासना तपाईको हर मनोकामना पुरा हुनेछ।

क) आजको दिन तपाईले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस । यदि सोमबारको दिन अर्थात आजको दिन मन्दिर जान सक्नुहुनन भने चिन्ता नगर्नुहोस ।

एउटा कुरा शास्त्रहरुमा भनिएको छ यदि तपाईको मनमा आस्था छ भने तपाईले जुनसुकै समयमा जहाँसुकै पनि भगवानको उपासना गर्न सक्नुहुन्छ । आज पनि तपाई मन्दीर जान सक्नुहुन्न भने घरमा नैं भगवानलाई मन्दीरमा चढाउने कुराहरु चढाएर कृपा पाउँन सक्नुहुन्छ।

ख) हरेक भगवानको आफ्नै विशेषता हुन्छ र मानिसले पनि त्यसै किसिमको उपासना गर्नुपर्छ । तपाईले कुन भगवानको पुजा अर्चना गर्दै हुनुहुन्छ त्यसका बारेमा तपाईलाई जानकारी हुनुपर्छ । यदि तपाईले पुजा गर्ने समयमा थोरै कुराहरु मात्रै मिलेन भने तपाईको भाग्यमा नकारात्मक खालको असर पर्न सक्ने कुराहरु शास्त्रहरुमा भनिएको छ ।

भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले यसलाई चढाउनुहोस । यसरी तपाईले आफ्नो इच्छा पूरा गर्न को लागि तपाईले भगवान शिव शंकरलाई हरेक सोमबारमा ११ वटा वेलपत्र चढाउनुहोस ।

ग) भगवान शिव शंकरलाई खुःशी राख्नको लागि कुनै एउटा मात्रै तरिका हुन्छ भन्ने हुँदैन । जस्तै तपाईले मन्दीरमा गएर दुध र मिश्र चढाउनुहुन्छ वा बेलपत्र भगवानलाई चढाउनुहुन्छ । यो सबैबाट तपाईलाई भगवानप्रति आस्था राखेवापत्त वा भगवानको उपासना गरेको कारण तपाईमाथि भगवानको कृपा रहन्छ र तपाईले जस्तोसुकै परस्थितीको पनि सहजै सामना गर्न सक्नुहुन्छ।

त्यसैले भगवान शिवलाई तपाईले इमरती चढाएर पनि उहाँको आर्शिवाद पाउँन सक्नुहुन्छ । जसले तपाईको जीवनमा सकारात्मक असर गर्नेछ र तपाईलाई अगाडि बढ्न सहज हुनेछ ।

घ) भगवान शिव शंकरलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवान शिवशंकरलाई गंगाजलसँग गहिरो लगाब थियो।

जसका कारण आज पनि हरेक हप्ताको समोबार भगवानलाई शुद्ध गंगाजाल चढाउने गर्नाले अर्थात यस जलले पूजा गर्नाले भगवान भक्तसँग खुःशी हुन्छन भन्ने विश्वास रहँदै आएको छ । यो विश्वास छ कि भगवान शंकरलाई गंगाजजले अभिषेक गर्नाले तपाईलाई एकदमैं छोटो समयमा नैं लाभ मिल्न सुरु हुन्छ।

ङ) अन्त्यमा, तपाईले भगवान शिवशंकरलाई खुःशी राख्न माथि भनिएका चार कुराहरु गरिसके पछि पनि केही काम बाँकी नैं हुन्छ जसले भगवानालाई खुःशी बनाउँन महत्वपुर्ण भुमिका खेल्छ।

भगवान अनुसार सबैको मन्त्र फरकफरक हुन्छ । शास्त्रहरुमा भनिएको छ जब तपाई पनि कुनै पनि भगवानको सच्चा भक्त हुनुहुन्छ र दुःखको बेलामा भगवानको याद गर्दै मन्त्र जप्नुभयो भने तपाईले त्यस समस्याबाट छिट्टै मक्ति पाउँन सक्नुहुन्छ।

त्यस्तै, तपाईले भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो, ॐ नमों शिवाय १ यस मन्त्रलाई तपाई सोमबार मात्रै होईन हरेक दिन जप्न सक्नुहुन्छ। यसले तपाईलाई सकारात्मक उर्जा प्रदान गर्न सहयोग गर्नेछ।

Related Articles

Back to top button
Close