Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा थप ५९७ जनामा काेराेना देखियाे, कुन ठाउँमा कति ?

काठमाडौं: अद्यावधिक विवरण अनुसार उपत्यकामा थप ५९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंका ४८३ जना, ललितपुरका ८१ जना र भक्तपुरका ३३ जना छन्।

आइतबार नेपालमा १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १०३९जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५४ हजार १५९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । शनिबार मात्रै देशभर १२०१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेकाे छ।

Related Articles

Back to top button
Close