News

पाँच जनाको जीवितै उद्धार,तीनको श’ब फेला, २७ जना वे’पत्ता

सिन्धुपाल्चोक, भदौ २८ गते । बाह्बिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क प’हिरोमा बे’पत्ता मध्य पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पु’रिएको अबस्थामा फे’ला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

तीन जनाको श,व भेटिएको छ । सो स्थानमा कम्तीमा पनि २७ जना बे’पत्ता भई रहेको हुन सक्ने प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनु भयो । पहि’रोले जनधनको क्ष’ति बिवरण संकलन गरिदै रहेको न्यौपानेले बताउनु भयो । नागपुजेका ७ घरका १७ जना बे’पत्ता छन् । आज राती २ बजेर ४६ मिनेटमा बस्ती माथिबाट आएको पहिराले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर ब’गाएको छ ।

उक्त घरका सबै बे’पत्ता भएका छन् । भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले ब’गाएको छ । इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारकार्य जारी रहेको बताउनु भयो। स्थानीय खोजी कार्यमा जुटेका छन् ।

Related Articles

Back to top button
Close