NewsVideos

बिवाह भएको २ महिनामै डिभोर्सका लागि द’वाव, सोनीको निधनहुनु पुर्व श्रीमानले किन निकाले फेसबुकबाट सबै फोटो (भिडियो)

धरान – दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय निधन भएको छ । असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएको हो । छोरीले देह त्याग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घटना संकास्पद रहेको बताएका छन् ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । देहत्याग गरेको बताइएको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ज्या’न लिएको दाबी गर्दै माइती पक्षले अ’डान कसेका छन । मृतक सोनीको काका टेकराज तिगेलाका अनुसार निधन सं’कास्पद भएकोले देहत्याग नभएर ज्या’न लि’एको आशंका गरीएको बताए ।

‘हामीलाई सोनिको कुन समयमा निधन भयो त्यो समेत थाहा थिएन । सोमबार दिउँसो करीब १२ बजेको समयमा सोनिको वुवालाई छोरीले देहत्याग गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजेको थियो । सोमबार राती मात्र आइपुगेकोले गर्दा मंगलबार विहान मात्र श’व हेर्ने र बुझ्ने काम भयो ।’

‘केटा पक्षले सोनी कोठाको पं’खामा झु ण्डि’एको अवस्थमा देखेपछी ढोका फो’डेर छि’र्दा शरिर केही तातो थियो भनेको छ । त्यसपछी हामीले डो री का-टेर खाटमा राखिएको बताएपनि झु’ ण्डि’ए’को डो री नभएर स’ल थियो ।’ काका तिगेलाले भने, ‘केटीलाई पछिल्लो दिनहरूमा डिभोर्सका लागी श्रीमानले समेत द’बाब दिएको भन्ने सुनेका छाै । त्यसैले निधन सामान्य नरहेको हाम्रो ठम्याई छ ।’

मृतक सोनीको परिवारले निधन शंकास्पद भएको बताउँदै मंगलबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी अनुसार हिजो बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प’क्राउ गरेको छ ।

प्रहरीले पोष्टमार्टम पछि मात्र घटना के भएको हो भनेर भन्न सकिने जनाएको छ । केटाले मनपराएका कारण विवाह भएको तर केटाको परिवारका सदस्यले भने मन नपाएको आफुहरुले थाहा पाएको बताएका छन् । विवाह गरेको केही दिन देखि नै उनका श्रीमानले अब हामी संगै बस्न सक्दैनौं स म्ब न्ध वि च्छे द गर्नुपर्छ भनेर द’वाव दिएको पनि आफुहरुले थाहा पाएका छन् ।

युवतीले आफुलाई अमाजुले पनि त्यस्तै द’वाव दिएको भनेर युवतीले माइतीलाई भनेको पनि बताएकी छन् । घटना हुनु भन्दा केही दिन अघि उनका श्रीमानले आफ्नो फेसवुकवाट श्रीमतीको सबै तस्बिर पनि हटाएको पाएको बताएका छन् ।

२ महिना अघि बिवाह गरी माइत आउँछु भनेर आमालाई फोन गरेकी छोरीको मृत्यु, श्रीमानले पनि दिएनन् मृत्युको खबर (भिडियो)

दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय निधन भए पछि माइती पक्षले घटना छानविनको माग गरेका छन् । युवतीको घर तर्फका परिवारले उनले देह त्याग गरेको बताएका छन् भने माइतीले त्यो कुरा मान्न तयार छैनन् ।

असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएु पछि माइती पक्षले छानविनको माग गरेका छन् । छोरीले सोही दिन आमालाई फोन गरेर आफु माइत आउन चाहेको बताएकी थिइन् । आमाले भनिन्, छोरीले फोन गरेर म आउँछु आमा भनि, मैले आइज नत भनेँ । उनले म देवरलाई लिएर आउँछु भनेर भनेकी थिई तर अचानक यस्तो घटना सुन्नु पर्यो । उनले छोरीको निधनका बारेमा उनका ससुरा र परिवारका सदस्यले शंस्कास्पद कुरा गरेको बताएका छन् ।

घटना भइसकेपछि पनि आफुहरुलाई त्यसबारे तत्काल जानकारी नदिएको उनीहरुको भनाई छ । घटना भएको २४ घण्टा बितिसक्दा पनि माइतीलाई खबर नगरेको उनीहरुले बताएका छन् । युवतीका श्रमिान सिंगापुरमै छन् । श्रीमतीको निधनको खबर सिंगापुर भएका ज्वाईले पनि नदिएको माइतीले बताएका छन् । एक जना आफन्तलाई त्यसबारे जानकारी दिएपछि मात्र माइती घरमा पुगेका थिए ।

युवती र युवकको एक अर्कामा प्रेम भएका कारण परिवारको राजिखुसीमै मागेर विवाह भएको थियो । तर विवाह भएको केही दिन पछि नै श्रीमानले श्रीमतीलाई अब तिमीसंग संगै बस्न सक्दिन सम्बन्ध विच्छेद गरौं भन्दै सिंगापुरवाट फोन र म्यासेजमा भन्न थाले । यता परिवारमा पनि अमाजुले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर भन्दै दवाव दिएको माइती पक्षको आरोप छ ।

Related Articles

Back to top button
Close