News

घट्यो डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले !!

१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको आजै बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।आन्तरिक उडान तर्फको हवाई ईन्धन प्रतिलिटर १५रुपैयाँले घटेर ७५रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ । यस्तै बाह्यतर्फ हवाई इन्धनको प्रतिलिटर मूल्य भने अमेरिकी डलर ०.९५ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको हालको मूल्य यथावत नै राखिएको छ । विश्व बजारमा तेलको मूल्यमा आएको गिरावटसँगै इन्धनको मूल्यमा कटौती गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अहिले विश्व बजारका कच्चा तेलको भाउ १८ वर्ष यताकै सस्तो छ ।

SOurce:अनलाइनखबर

Related Articles

Back to top button
Close