Corona (COVID-19) UpdatesLockdown News

शंखरापुरमा पुनः थप एक जनामा कोरोना भाइरस संक्रमण

कोरोना भाइरस मुक्त भएको घोषणा गरिएको केही दिनमै फेरि थप एक जनामा कोरोना संक्र मण देखिएको छ।

शंखरापुर नगरपालिका वडा नं. १ चापबोट निवासी अन्दाजी २४ वर्षिय युवतीको पि.सि.आर. रिपोर्ट पोजेटिभ आएको शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखाले पुस्टी गरेको छ।

प्रमुख चापागाईंका अनुसार आगोले पोलेर सुस्मा कोइराला मेमोरियल अस्पताल साँ खुमा उपचार गराउने क्रममा पि.सि.आर. परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको छ।

हाल उक्त युवती अस्पतलकै आइसुलेसनमा उपचार गरिरहेको उनले बताउनु भयो। यो संगै शंखरापुरमा कोरोना भाइरस संक्र मितको संख्या २१ पुगेको छ। जस मध्य २० जना निको भै घर फर्किसकेका छन।

तेसै गरि प्रत्येक शुक्रबार नगरपालिकाले गर्ने पि.सि.आर.परिक्षण अन्तरगत भाद्र २६ शुक्रबार ९ जनाको पि.सि.आर. परिक्षणको रिपोर्ट भोलि सम्म आइपुग्ने प्रमुख चापागाईंले जानकारी दिनु भएको छ।

शंखरापुर न्युजबाट

Related Articles

Back to top button
Close