Lifestyle/ Health

मोटो र भद्धा भएर चिन्तित हुनुहुन्छ कि ? स्लीम बन्न अपनाउनुस् यी उपाय

प्राय सबैका लागि अहिलेको मुख्य समस्या भनेको कसरी सुन्दर देखिने भन्ने हो।त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुकोभन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ।तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ ।

आफ्नो शरीर फिट बनाउने चाहना त सबैको हुन्छ। तर केही कारणले गर्दा उनीहरु त्यसमा सफल हुन सक्दैनन्। यदि तपाईपनि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने आउनुहोस् यहाँ हामीले केही टिप्स दिएका छौं, जसलाई उपयोग गरेर तपाई आफ्नो मोटोपन घटाउनका साथै शरीरलाई स्लिम बनाउन सकिन्छ।

यस्ता छन् स्लीम बन्नेका उपायहरु:

१. खाना खाने वित्तिकै नसुत्ने ।२. चिया, कफि, कोलड्रिङस् अति कम खाने३. विहान उठेर दुई गिलास जति मनतातो पानी खाने । कागती मिसाएर खाए राम्रो ।

४. साँझको भोजन घाम डुब्नु अघिनै खाने । ढिलो खानेले हलुका खाना मात्र खाने ।५. फाष्ट फुड, तेलिला पदार्थ, फ्रिजमा राखिएका बासी खाना कम खाने ।

६. विहानको नास्तामा भर्सक उम्रिएका गेडागुडी खाने । चिल्लो र गुलियो नखाने ।७. दिउसो सुत्ने बानी हटाउने । रातीनै छ घण्टा सुत्ने ।

८. दैनिक एउटा कागती सेवन गर्ने ।९. दैनिक तीन देखि चार पटक भन्दा बढी (खाजा र खाना समेत) पटक खाना नखाने ।

१०. राती सुत्नु अघि त्रिफला चुर्ण सेवन गर्ने ।११. दैनिक कम्तिमा तीन किमी दौडने वा योगका आसनहरु नियमित रुपमा जमाउने

Related Articles

Back to top button
Close