News

सुदूरपश्चिमकी पहिलो डोजर चालक महिला कौसीला भट्ट : यिनको कामलाई सम्मान स्वरुप सेयर गरौ

बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ चडेपानीमा जन्मेकी कौसीला भट्ट सुदूरपश्चिमकै पहिलो स्काभेटर चालक बनेकी छिन्। कैलालीको सहजपुरका पुष्प प्रसाद जैशीसँग २०७२ सालमा विवाह गरेकी कौसिलाले माघ २४ गते यातायात कार्यालय महेन्द्रनगरबाट जे २ अथवा स्काभेटरको लायसेन्स पाएकी थिईन्।

‘माघ १८ गते लिखित थियो, त्यसमा पास भए, अनी माघ २४ गते ट्रायल दिए, त्यसमा पनि पास भएकी छु’ उनले भनिन्। कौसिलाका श्रीमान पुष्प १२ वर्षदेखि स्काभेटर चलाई रहेका छन्।

उनले, सुदूरपश्चिमका चर्चित निर्माण ब्यवसायीका कम्पनीमा काम गरिसकेका छन। ‘श्रीमतीलाई चुलो चौकोमा मात्रै राख्नुपर्छ भन्ने मान्यता तोड्दै स्काभेटर चलाउन सिकाए, कौसिलाले पनि एकदम छिटो सिकिन, अनी अहिले सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक भएकी छिन’ खुसी हुदै पुस्पले भने।

‘आफ्नो परिवारमा कार भएकाहरु सिक्छन, तर ब्यवसायीक रुपमा भने महिला कार चालक खासै छैनन’ सेती यातायात कार्यालयका निमित्त प्रमुख विर बहादुर ऐरले भने।

सुदूरपश्चिमका ९ जिल्लाका लागि कैलालीमा रहेको यातायात कार्यालय र महेन्द्रनगर रहेको यातायात कार्यालयले मात्रै सवारी अनुमति पत्र दिने गरेका छन।। यातायात कार्यालय धनगढीका निमित्त प्रमुख विरबहादुर ऐरले अहिलेसम्म कुनै पनि महिलाले स्काभेटरको लायसेन्स नलिएको बताए। ‘सेती यातायात कार्यालयको तथ्यांकमा महिला स्काभेटर चालक छैन’ उनले भने, ‘लाईट पछि एकजना मिनि ट्रकको मात्रै महिलाले लायसेन्स लिएका छन्।’ महाकाली यातायात कार्यालयले पनि यसैपाली कौसिलाले मात्रै डोजरचालकको अनुमति पत्र पाएको जनाएको छ।

महाकाली यातायात कार्यालयका निमित्त प्रमुख कविन्द्र ओझाले माघमा भएको डोजरको परिक्षामा कौशीला भट्ट उत्तीर्ण भएको बताए। ‘अहिलेसम्म महाकाली यातायात कार्यालयबाट कुनै पनि महिलाले डोजरको चालक अनुमति पत्र लिएका छैनन, कौसीला पहिलो हुन्।’ निमित्त प्रमुख ओझाले भने।

Related Articles

Back to top button
Close