News

सिङापुर लाहुरेसङ प्रेम विवाह गरेको २ महिनामै श्रीमानले यस्तो दवाव दिएपछि युवतीले छोडिन् संसार, फेसवुकमा भेटियो यस्तो प्रमाण (भिडियो हेर्नुस्)

काठमाडौ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय नि धन भएको छ । असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएको हो । छोरीले देह त्याग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घटना संकास्पद रहेको बताएका छन् ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । दिउसो १२ वजे तिर युवतीले देह त्याग गरेको भनेर युवतीको घरवाट माइतीमा खबर आएको थियो । युवतीले झु ण्डि ए र देह त्याग गरेको भनेर जानकारी दिएका थिए ।

तर माइती त्यहाँ पुग्दा युवती झु ण्डि ए को अवस्थामा थिइनन् । परिवारका सदस्यले आफुहरुले रुखवाट युवतीलाई बाहिर निकालेको बताएका थिए ।

तर त्यो घटना हेर्दा शंकास्पद देखिएको भन्दै उनीहरुले घरपरिवारका सदस्यलाई छानविन गर्नुपर्ने बताएका छन् । माइतीले घटना छानविनका लागि युवतीका परिवारले सहयोग गर्नुपर्ने माग राखेका छन् । युवतीका काका भन्छन्, उहाँहरु निर्दोश हुनुहुन्छ भन्ने हामीलाई लाग्दैन । शरिरमा पनि नि ल डा म पनि थियो ।

प्रहरीले पोष्टमार्टम पछि मात्र घटना के भएको हो भनेर भन्न सकिने जनाएको छ । केटाले मनपराएका कारण विवाह भएको तर केटाको परिवारका सदस्यले भने मन नपाएको आफुहरुले थाहा पाएको बताएका छन् । विवाह गरेको केही दिन देखि नै उनका श्रीमानले अब हामी संगै बस्न सक्दैनौं स म्ब न्ध वि च्छे द गर्नुपर्छ भनेर दवाव दिएको पनि आफुहरुले थाहा पाएका छन् ।

युवतीले आफुलाई अमाजुले पनि त्यस्तै दवाव दिएको भनेर युवतीले माइतीलाई भनेको पनि बताएकी छन् । घटना हुनु भन्दा केही दिन अघि उनका श्रीमानले आफ्नो फेसवुकवाट श्रीमतीको सबै तस्बिर पनि हटाएको पाएको बताएका छन् ।

Related Articles

Back to top button
Close