NewsVideos

सुत्केरी आमा बि’तेपछि ४ बर्षकी सितल आमा बनेर यसरि भाई स्याहार्ने र घरको काम गर्छिन् (हेर्नुस् भिडियो)

सानैमा आमाको काख नपाएकी ४ बर्षकि कलिली शितल माझी घरको सबै काम गर्छिन् । उपचार खर्च नपुगेर आमा गु’माएकी शितललाई आमा भेट्ने मन छ तर डेढ महिनाको भाई छोडेर आमा बितेको उनलाई थाहा छैन । आमाको याद आउदा मोबाइलमा आमाको फोटो हेर्छिन् ।

सुत्केरी अवस्थामा बि’तेकी शितलकि आमा नभएपछि आफ्नो २ महिनाको भाईलाई उनले आमाको माया दिएर स्याहार्दै छिन् । सानो भाईको कपडा धुने देखि लिएर भाँडा माझ्ने, तरकारी काट्ने लगायत सबै काम गर्न भ्याउछिन् ।

घरायसी काममा उनी आफु सकी नसकी भए पनि बाबालाई सघाउँछिन् । उनका बुवा एक पेन्टर हुन् । उनी दिउँसो पैन्टिंगको काम गर्न जान्छन् । बाबा काममा गएपछि भाईको स्याहार सुसारमै शितलको दिन बित्छ ।

भाईको दिशा पिशाव सफा गर्ने, कपडा फेरीदिने, भाईलाई लेक्टोजिन खुवाउने काम गर्छिन् । शितल सानै उमेरदेखि नै व्यवहारिक भएकी छिन् तर अझै पनि उनले आमालाई खोज्न छाडेकी छैनन् । आज हामीले कलिलो उमेरमा आमा गु’माएकी शितललाई भेटेका छौँ । उनी र उनको परिवारसँग गरिएको कुराकानी पुरा भिडियोमा हेर्नुहोला :

Related Articles

Back to top button
Close