Religious

सोमबारदेखि लागु हुने गरी मुक्तिनाथ र कागबेनी श्राद्धस्थलमा प्रवेश रोक

विश्वभर माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड–१९ ) को सक्रमणलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास समितिले सोमबारदेखि लागु हुने गरी मुस्ताङको मुक्तिनाथ मन्दिर र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आईतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि कोरोना प्रकोपलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेका निर्णयसमेतका आधारमा मुस्ताङको धार्मिक स्थलमा पर्यटक तथा तिर्थालु आवागमन नरोकिएकाले अर्को व्यवस्था सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुक्तिनाथ विकास समितिले जनाएको छ ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

Related Articles

Back to top button
Close