Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

खुसिको खबर ! शंखरापुर नगरपालिका कोरोना भाइरस संक्रमण मुक्त !

साँखु । काठमाडौं उपत्यका लगायत देशै भरी कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै वृद्धि भैरहेको बेला काठमाडौंकै पुर्बमा रहेको शंखरापुर नगरपालिका भने कोरोना भाइरस संक्रमण मुक्त भएको छ।

शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले दिएको जानकारी अनुसार होम आइसुलेसनमा बसेर उपचाररत एकै परिवारका तीन जनाको पनि पुन: पि.सि.आर. परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछी नगरपालिका हाल लाई कोरोना मुक्त भएको हो।

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २० जना पुगेकोमा यश अघि १७ जना निको भएर घर फर्किसकेका छन।
यद्यपि नगरपालिकामा कोरोना संक्रमित हाललाई कोही नभए पनि सावधानी अपनाइ सरकारले ल्याएको स्वास्थ्य मापदण्ड पालना गर्न मेयर श्रेष्ठले नगरबासीलाई आग्रह गरेका छन।

नेपाल बाहिर वा नेपालकै अर्को जिल्ला बाट कोहि मानिस नगरपालिकामा आएमा तेसको जानकारी वडा कार्यालयमा गराउन पनि अनुरोध गर्दै यदि कसैले अटेर गरि कोरोना संक्रमण फैलिए सम्बन्धित घरधनी जिम्मेवार हुने र कानुन बमोजिम कार्बाही समेत गरिने मेयर श्रेष्ठले बताउनु भयो।

नगरबासीलाई कोरोना भाइरस संक्रमण बाट बचाउन नगरपालिकाले हरसम्भब प्रयास गरिरहेको बताउदै नगरबासीले पनि आफ्नो आफ्नो ठाँउ बाट सतर्कता अपनाउन उहाँले अपिल गर्नु भयो।

Related Articles

Back to top button
Close