International News

अमेरिकामा कर्मचारीलाई ६ महिनासम्म तलबसहित बिदा दिने ट्रंपको घोषणा

एजेन्सी । न्युयोर्कमा कर्मचारीलाई निशुल्क कोरोना भाइरस परीक्षण तथा तलबसहित बिदा दिइने भएको छ । अमेरिकी राज्य न्युयोर्कमा कर्मचारीलाई तलबी बिदा दिनेबारे राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेको बताइएको छ । प्याकेजमा कोरोना प्रभावित अमेरिकन कर्मचारीलाई ३ महिनासम्म तलबी विदा र निःशुल्क कोरोना परीक्षण एवं उपचार गर्ने उल्लेख गरिएको छ ।

त्यस बाहेक कर्मचारी परिवार सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आए थप तीन महिना तलबी विदा पाइने छ ।न्युयोर्कमा हालसम्म २ हजार ३८२ जनामा कोरोना भाइरस देखिएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका छन्। ७५ जनाले ज्या’न गुमाएका छन्।

त्यस्तै अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उहाँकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उहाँकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परीक्षण गर्दा कोविड–१९ को संक्रमण नदेखिएको जानकारी दिनु भएको छ ।यसअघि उपराष्ट्रपति पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गर्ने बताउनु भएको थियो ।

Related Articles

Back to top button
Close