Lockdown News

भर्खरै आयो प्रशासनको यस्तो निर्णय : बजार फेरि पूर्ण रुपमा ब`न्द गर्ने !

भोजपुर । जिल्लामा पुनः भदौ मसान्तसम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवासहित ८ जनामा कोरोना देखिए पछि थप सर्तकताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्या`लय भोजपुरले जनाएको छ ।

जिल्ला संकट व्यव`स्थापन केन्द्र भोजपुरको विहिबार बसेको बैठकले भदौ मसान्त सम्म लक`डाउन गर्ने निर्णय गरेको हो । जिल्ला भरका खाद्यन्न र तरकारी पसल विहान ६ बजेबाट ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र खोल्न पाउने गरी विहिबार बाट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

त्यस्तै जिल्लाका सबै बजार पसल, अत्या`वश्यक वाहेका सवारी सधान, निजी कार्यालय, संघ संस्था, शैक्षिक संस्था, वित्तिय संस्था, बैंक, सहकारी, होटल लगाएतलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

विहिबार टेम्केमैयुङ गाउँ`पालिकाका २१ वर्षीय, भोजपुर नगर`पालिकाका २८ वर्षीय र षडानन्द नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना रहेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

बैंकका कर्मचारीमा कोराना देखिए पछि राष्ट्रिय बाणिज्य भोजपुर साखाको कारोबार बन्द गरिएको छ । बुधबार भोजपुरको षडानन्द नगर`पालिकाका–५ जनामा कोरोना पु`ष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २० पुगेको छ भने ६ जना निको भएर घर फर्केका छन् ।

Related Articles

Back to top button
Close