News

कुल`मान घिसि`ङको कार्यकाल थप्न प्रधान मन्त्री ओली मानेनन्

काठमाडौं, २४ भाद्र । नेपाल विद्युत प्राधिक`रणका कार्यकारी निर्देशक कुल`मान घिसि`ङको कार्यकाल नथपिने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उनलाई निरन्तरता दिने पक्षमा नभए पछि कार्यकाल नथपिने भएको हो ।

कुलमा`नको कार्यकाल थप्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प`कमल दाहा`ल प्रचण्डले दबाब दिइरहेका छन् । ऊर्जा मन्त्री वर्ष`मान पुन प्रचण्ड निकट`कै भएकाले पनि उक्त मन्त्रालय सम्बन्धी प्राधिक`रणमा आफूले भनेको व्यक्तिमै निर्णय हुनुपर्ने पूर्व माओ`वादी पक्षधरको दाबी रहेको छ । त्यसैले स`म्भवतः भोलि बस्ने मन्त्रिप`रिषद्मा यस बारे प्रस्ताव लाने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीले भने कुलमानको नाममा सहमति जनाएका छैनन् । विश्व`स्त स्रोतका अनुसार ओलीले पटक पटक एकैजनालाई मौका दिन नहुने तर्क राखेका छन् । उनी कुलमानको कार्यशैली प्रति सन्तुष्ट छैनन् । काम भन्दा हल्ला गरेको र सामाजिक सञ्जाल मार्फत् सरकारमाथि दबाब बढाएको भन्दै प्रधानमन्त्रीको टिम नै असन्तुष्ट बनेको छ ।

२९ भाद्रबाट प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षीय कार्यकाल सकिदैछ । उनी २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यतिबेला प्रचण्डकै जोडबलमा नियुक्ति दिइएको थियो । उनले लोडसेडिङ अन्त गरेको जस लिएका छन् ।

तर, यसमा भारतबाट विद्युत निर्यात हुनु एउटा कारण बनेको छ । कुलमानले विद्युत चुहावट भने रोक्ने सफलता हासिल गरेको प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले नै बताएका छन् । तर, लोडसेडिङ अन्त उनको कारणले नभएको काफ्लेको भनाई छ ।

Related Articles

Back to top button
Close