News

आज देखि पसल पनि बार अनुसार खुल्ने, हेर्नुहोस् सूची सहित

काठमाडौं उपत्यकामा २१ दिनपछि निषेधाज्ञा केही सहज हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आजको बैठकले बिहीबार बाट जोर बिजोर प्रणालीबाट सार्व जनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय गरेको हो ।

त्यस्तै पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ । कार्यालय र व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न दिने सहमति भएको छ । अन्य क्षेत्रमा भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ ।

स्वास्थ्य सम्बन्धी मापद ण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

हेर्नुहोस् के खुल्ने, के नखुल्ने :

Related Articles

Back to top button
Close