Educational News

मन्त्रालयको आदेशमा देशभरीका टोलमा टासियो सूचना, बेवास्ता गरे विद्यार्थीको परीक्षा छुट्ने [सूचनासहित]

जो कसैलाईपनि परीक्षा र पढाईबाट बञ्चित नगराउँन यी सूचना सबैमा सेयर गरिदिन विद्यार्थी अभिभावकमा अपिल !!

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न बारम्बार अपिल गरिरहेको छ । यसअघि नै औपचारिक सूचना निकालेर अपिल गरिसकेको छ ।

सुचनामा भनिएको छ, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि भित्री सकेको अवस्थामा यस्ले जनस्वास्थ्यमा पार्ने गम्भीर असरलाई मध्यनजर राखी गत २०७६ चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठन–पाठन तथा परीक्षाहरु स्थगन गरिएको थियो ।

 
यो महामा रीलाई तुरुन्तै नियन्त्र णमा लिने स्थित नरहेको परिप्रेक्षलाई आंकलन गरी विश्वविद्यालयले चैत्रको तेस्रो सातादेखि नै पठन–पाठनको बैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुको इमेल आइडी तयार गर्दै अनलाइन विधिबाट पठन–पाठन सञ्चालन गरी रहेको छ । 

तर हालसम्म पनि डीन कार्यालय, क्याम्पस, स्कूल र विभागहरुमार्फत विभिन्न सञ्चारमा माध्यमबाट सम्ब्धित विद्यार्थी तथा अभिभावकहरुलाई सम्पर्कका लागि प्रयास गर्दा पनि कतिपय विद्यार्थीहरु आफु अध्यनरत विभाग तथा क्याम्प सहरुको सम्पर्कमा नआएको हुँदा पठन–पाठन तथा स्थगन गरिएको परीक्षा तालिका व्यवस्थापन गर्न समस्या भएको छ ।

यसरी विद्यार्थीले अटेर गरेपछि विश्व विद्यालयले थप प्रयास गरेको छ । यो प्रयासपछिपनि विद्यार्थी सम्पर्कमा नआएमा उनीहरुको पढाई र परीक्षा छुटेमा विश्वविद्यालय जवाफदेही नहुने विश्ववि द्यालयले स्पष्ट पारेको छ ।

 
आ–आफ्नो स्थानीय निकायमा बसोबास गर्दै आएका त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्या र्थीहरु र निजहरुको अभिभा वकहरुलाई अविलम्ब आफ्नो क्याम्पस स्कूल विभागमा सम्पर्क राख्नका लागि सम्बन्धमा सुचना प्रवाह गरी दिनका लागि सबै स्थानीय निकायहरुमा परिपत्र गरी दिन हुन अनुरोध गर्दछु ।’

प्रा.डा. पेशल दाहाल (रजिष्ट्रार)
यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि एक सुचना जारी गरेको छ । सुचना प्रवाह गर्ने सम्बन्धमा जारी सुचनामा भनिएको , ‘प्रस्तुत विषयमा त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कीर्तिपुर काठमाडौंको च.नं. १९–०७७–७८ मिति २०७७–०५–१९ को पत्र संलग्न छ ।

Related Articles

Back to top button
Close