Lockdown News

काठमाडौं उपत्यका मा बार अनुसार मात्र पसल खोल्न पाइने, कुन बार कुन पसल खुल्छन् ?

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्य`कामा शर्त सहित केही खुकुलो बनाएर भदौ ३१ गतेसम्म लम्ब्या`इएको निषे`धाज्ञामा बार अनुसार व्यापार/व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु साताको सोमबार बुध`बार र शनिबार मात्र खोल्न पाइने भएको छ ।

त्यस्तै, स्वास्थ्य सम्बन्धी माप`द`ण्ड पालना गरी भाँडा र भान्साजन्य साथै सोही प्र`कृतिका अन्य पलसहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने भएको छ । यसै गरी फर्निचर, अटो मोबा`इल सम्ब`न्धी पसलहरु साताको सोमबार र बुधबार मात्र खोल्न पाइनेछ ।

त्यसोत, फुट`पाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रोनिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

त्यस्तै, सहकारी संस्थाहरु स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई विहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्न सकिने पनि जनाइएको छ ।

Related Articles

Back to top button
Close