Lockdown News

काठमाडौंमा भो’लिदेखि यातायातमा जोर विजोर ला’गू

काठमाडौं: काठमाडौं उपत्यकामा नि’षेधाज्ञा क्रमश: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक/निजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ।

भदौ ४ गतेदेखि जारी निषे`धाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो। बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले नि’षेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।

यो सातापछि भने को’रोना सं’क्रमणको अवस्था हेरेर नि’षेधाज्ञा बारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताए। स्वास्थ्य मन्त्रालयले तोकेको मापद’ण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बता इन्।

१६ सिट क्षमता भन्दा माथिका सार्वजनिक याता`यातका साधन सञ्चालन गर्ने तर जोर-विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने छ ।

‘यातायातमा जोर विजोर र स्वास्थ्य सुर`क्षाका सबै मा’पदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको छ,’ उनले भनिन्। बढी भे’ला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ ।

Related Articles

Back to top button
Close