News

काठमाडौँ मा प्रहरी जवान र नक्कली डाक्टर प`क्राउ

गौशालास्थित पशुपति वनकालीमा श्रीमान् र छोरीसँग बस्दै आएकी महिलालाई बला’त्कार गरेको आरोपमा एक जना प्रहरी जवानमा पक्राउ परेका छन्।महान गरीय प्रहरी वृत गौशालामा सादा पोसाकमा कार्यरत जवानले आइतबार साँझ ७ बजेको समयमा ती महिला एक्लै भएको मौका छोपी बला’त्कार गरेको आरोप लागेको छ।गौशाला प्रहरी वृतले आरोपित जवानलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।काठमाडौँ ।

ललितपुरको ढोलाहिटीमा अन्तिम विकल्प प्रा.लि.उपचार तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने लिम्बुले ‘क्यान्सर र एचआईभी एड्स निको पार्छु’ भन्दै एउटै औषधीको ३० हजारसम्म लिएको खुलासा भएको छ । अफवाह फैलाएको आरोपमा सोमबार बिहान अपराध महाशाखाले लिम्बुलाई पक्रेर अनुसन्धान थालेको छ । उनले ‘चमत्कार’ नामको ‘भिटामिन डी’ औषधी ३० हजारमा बिक्री गरेको बिल रातोपाटीलाई प्राप्त भएको छ ।

लिम्बुले एचआईभी ८० प्रतिशत र क्यान्सर २० प्रतिशत निको पार्न सक्छु भन्दै सबै बिरामीलाई ‘चमत्कार’ नामको आयुर्वेदिक औषधी दिने गरेका थिए । लकडाउन शुरु हुनुअघि ५० हजारसम्म बेच्ने सो औषधी लकडाउनपछि ३० हजारमा बेच्ने गरेको बताइएको छ । भारतको कालिमबङमा वनस्पति विज्ञान शास्त्र (बोट्नी) पढेर आएको दावी गर्ने लिम्बु तेह्रथुमबाट काठमाडौँ आएका हुन् । आयुर्वेदिक औषधीको व्यापार शुरु गरेको ६ महिनामा उनले लतिलपुरको नखिपोटमा घर बनाएको उनलाई चिन्नेहरु नै बताउँछन् ।

तिनै लिम्बुलाई अफवाह फैलाएको कसुरमा नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए । उनले भने, ‘महंगोमा औषधी बेचेर ठगी गरेको हुनसक्छ, त्यसबारे पनि अनुसन्धान गर्छौं ।’ अस्पतालका डाक्टरले ‘अब उपचार हुन सक्दैन’ भनेका बिरामीलाई उनले अन्तिम विकल्प भन्ने आयुर्वेदिक औषधीले निको पार्ने दावी गर्थे । धेरैजसो रुकुम, रोल्पा, बाग्लुङ र गोरखाका बिरामीलाई औषधी बेच्ने लिम्बुले घरमै गेष्टहाउस जस्तो बिरामीलाई राखेर थेरापी उपचार पनि गर्थे । उनले त्यसका लागि घरमा सुरक्षा गार्ड समेत राखेका थिए ।

सञ्चार माध्यममा ‘कोरोना संक्रमितलाई आफन्तले शदगद गर्न नपाउने’ समाचार पढेको भरमा उनले युट्युबमा अस्पतालका डाक्टरले कोरोनाबाट मृ’त्यु भएको बिरामीको अंग निकाल्ने गरेको अन्तर्वार्ता दिएको प्रहरीसँग बताएका छन् ।बाग्लुङकी एक महिलालाई उनले दिएको औषधी अधिक सेवन गरेर क्यान्सर नै भएको बताइएको छ । लिम्बुले मुख नबारेकाले औषधीले काम नगरेको भन्दै उल्टै गाली गरेको ति महिलाले बताइन् ।

अहिले क्यान्सर रोग विशेषज्ञको सरसल्लाहमा ती महिलाको उपचार भइरहेको छ । लिम्बुले बेच्ने गरेको ‘चमत्कार’ नामको औषधीको विश्वसनियताबारे प्रश्न उठेको छ । बिरामीको उपचारको नाममा ७ वर्षदेखि अवैध धन्दा चलाउँदै आएका लिम्बुले प्यारालाइसिस, एचआईभी एड्सजस्ता रोगका बिरामीलाई एउटै औषधी दिने गर्छन् । क्यान्सर, एचआईभीका १०० रोगीमध्ये ९९ जनालाई निको पारेर पठाएको दावी गर्ने लिम्बुले भ्रामक प्रचार गरेर लुट मच्चाइरहेको सूचना अपराध महाशाखाले पाएपछि उनलाई पक्रेको हो ।

Related Articles

Back to top button
Close