International News

रहेनन् टलिउड हास्यकलाकार जयप्रकाश रेड्डी

काठमाडौँ : टलिउड अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातको कारण उनले मङ्गलबार बिहानै प्राण त्यागेका हुन्। सन् १९४५ अक्टोबर १० मा जन्मिएका जयप्रकाश रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडू’ बाट फिल्मी दुनियाँमा कदम राखेका थिए। रायलसीमा बोलीको कारण उनले आफ्नो एक विशेष पहिचान हासिल गरेका थिए।

जयप्रकाश रेड्डीले प्रेमिन्चुकुन्दाम रा, समरसिंहा रेड्डी, जयम मनदेरा, चेन्नकेशवरेड्डी, सीतय्या, छत्रपति, गब्बरसिंग, नायक, रेसुगुर्रम, मनम, टेम्पर, सरैनोडु र अन्य थुप्रै फिल्महरुमा अभिनय गरेका छन्।

उनले वरिष्ठ एवं युवा कलाकारसँग अभिनय गरेका छन्। आफ्नो अभिनय कलाले दर्शकको दिल जितेका थिए। एक खलनायक, एक हास्यकलाकार, एक क्यारेक्टर आर्टिस्टको रुपमा जयप्रकाश रेड्डीले लाखौँ प्रशंसकलाई मनोरञ्जन गराएका छन्।

जयप्रकाश रेड्डीको निधनमा नेता तथा अन्य कलाकारहरुले दुख व्यक्त गरेका छन्। उनीहरुली आफ्नो सन्देशमा प्रकाश रेड्डीको कलाकौशल्य र उनको योगदान याद गरेका छन् र श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Related Articles

Back to top button
Close