Economic News

आज फेरी नप’त्याउँदो गरी घट्यो सुनको मूल्य,  

काठमाडौं / आज साताको तेस्रो दिन मगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर १३१० कायम भएको महासंघले जनाएको हो ।

यो पनि पढ्नुहोस

बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ ४१ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

Related Articles

Back to top button
Close