News

‘विप्लव’का छोरा प्रकाश डाक्टर बने

काठमाडौं : प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द डाक्टर बनेका छन् । उनले नेपाल मेडिकल काउन्सिलले हालै लिएको परीक्षा उत्तिर्ण गरेका हुन् ।

चन्दलाई गत मंसिरमा काउन्सिलले लिएको परीक्षामा सहभागी हुनबाट बञ्तित गराईएको थियो। मेडिकल माफियाविरुद्ध डा.चन्दले संघर्ष र आन्दोलनको नेतृत्व गरेका थिए ।

चन्दले काउन्सिलको परीक्षा पास गरेपछि उनलाई मान्यता थापाले बधाई र शुभकामना दिएकी छिन् ।

उनले सामाजिक सञ्जालमा फेशबुकमार्फत प्रकाशलाई बधाई दिएकी हुन् । उनले लेखेकी छिन मङ्सिर मा मेडिकल माफिया बिरुद्ध को सङ्घर्ष र माफिया ले रचेको पेस्तोल षडयन्त्रका कारण NMC license exam दिन नपाए पनि अहिले कोरोना को अन्यौलग्रस्त स्थितिमा भएको ऊक्त परीक्षा उत्तीर्ण गरेकोमा बधाई ।

Related Articles

Back to top button
Close