Lockdown News

२५ गतेदेखि निषेधाज्ञा उल्लंघन गर्ने घोषणा, अब के गर्ला ओली सरकार ? विरोधमा उत्रिने नै हो त सर्वसाधारण?सहमत हुनेले सेयर गर्नुहोस्।

काठमाडाैं । देशभर को’रोना सं’क्रमण बढिरहेका बेला नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल भने व्यवसायीहरुलाई नि’षेधाज्ञा उ’ल्लंघन गर्न आव्हान गर्न थालेको छ । नाडा अटोमोबाइल्सले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउन या निषेधाज्ञाको पालनाको उल्लंघन गर्नेगरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजीकरण गर्नुपर्ने बताए। सरकारले त्यस्तो व्यवस्था नगरे पनि नि”षेधाज्ञालाई तोडेर अथवा वि’द्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्ने उनको भनाइ छ।

उनले भने ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण गरेर अगाडि बढ्न पर्छ, यदि गरेन भने पनि यो नि’षेधाज्ञा तो’डिन्छ, जनताले वि’द्रोह गर्छन्, व्यवसायीले वि’द्रोह गर्छन्, त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको ठीक हुँदैन, सरकारले बुझ्नुपर्छ।’

सरकारी कर्मचारीहरूले काम नगरे पनि तलब भत्ता आइरहने भएकाले को’रोना सं’क्रमणदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै उनले अ’सन्तुष्टि व्यक्ति गरे। घरमै बसेर तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरूमा रहेको दुलालको भनाइ छ।

Related Articles

Back to top button
Close