Lockdown News

काठमाडाैँ उपत्यकामा निषेधाज्ञा खुकुलो हुन सक्ने

काठमाडाैँ । काठमाडाैँ उपत्यकामा तेस्रो चरणको निषेधाज्ञा सकिने समय नजिकिँदै गर्दा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी सुरू भएको छ । काठमाडाैँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार २४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि बजार भने केही सहज बनाउन बारे छलफल सुरु गरिएको हो ।

जिल्ला प्रमखु दाहालका अनुसार निषेधाज्ञाले मजदुर बढी मर्कामा परेकाले उनीहरूलाई ध्यानमा राखी बजार अब केही खुकुलो पार्ने तयारी सुरू भएको छ ।

उनका अनुसार स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड बनाउने र त्यसको पालना गर्ने सर्तमा मात्रै निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको हो।

उपत्यकामा कोरोना संक्रमण बढिरहेता पनि निषेधाज्ञा निश्चित सर्तमा खुकुलो बनाएर अघि बढ्ने योजना रहेको दाहालले जनाएका छन् ।

काठमाडाैँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा भदाै २४ गते राती १२ बजेसम्म मान्य हुनेछ ।

Related Articles

Back to top button
Close