Lockdown News

प्रशासनले गर्यो यस्तो निर्णय : सार्वजनिक यातयात भोलिदेखि नियमित रुपमा चल्ने !

पर्वत । पर्वत जिल्लामा एक साता देखि बन्द रहेको आन्तरिक रुपमा चल्ने सार्वजनिक यातयात मंगलबार देखि नियमित रुपमा चल्ने भएका छन्।

लुकिछीपी प्रबेश गर्नेहरुकै कारण संक्रमणको जोखिम देखिएपछि एक साता देखि आन्तरिक रुपमा चल्ने यातयात सञ्चालनमा रोक लगाइएको थियो ।

समुदायमा संक्रमण नफैलिएको ठहर भएपछि जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसीसीएमसी)को निर्णय अनुसार मंगलबार देखि यातयात नियमित रुपमा चल्ने भएका हुन ।

सार्वजनिक यातयात बन्द हुँदा पनि बजार, सरकारी कार्यालय र निजी सवारी साधनहरु भने निर्वाह रुपमा सञ्चालन हुँदै आएका छन् ।समुदायमा संक्रमण फैलिन नदिन सोमबार राती देखि कम्तीमा एक साताका लागि सार्वजनिक यातयातका साधनहरु बन्द गरिएको थियो ।

Related Articles

Back to top button
Close