Lockdown News

भदौ २४ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्ने संकेत

काठमाडौं । सरकारले भदौ २४ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधी थप नगर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधी थप नहुने संकेत गर्नुभएको हो ।

सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिनुभएको हो ।

सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि स्थायी कमिटी २६ गते राख्ने सहमति भएको हो । प्रधानमन्त्री ओलीले निषेधाज्ञा अन्त्य भएपछि मात्र स्थायी कमिटी बैठक आयोजना गर्ने भन्दै आउनुभएको थियो ।

यसअघि आइतवार आयोजित व्यवसायीहरूसँगको छलफलमा पनि प्रधानमन्त्री अब नागरिकको जीवन र व्यवसाय पनि बचाउने गरी ‘मध्यमार्गी बाटो’ खोज्ने बताउनुभएको थियो ।

छलफलका क्रममा निषेधाज्ञा हटाएर व्यवसाय सञ्चालन गर्न दिने विषयमा आफू सकरात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छलफलमा सहभागी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close