News

उड्नै लागेको जहाजको ‘इमर्जेन्सी’ ढोका खोलेर यि महिला बाहिर निस्किएपछि हंगामा, भिडियो भाइरल

एजेन्सी । विमानभित्र यात्रु पसिसकेर ढोका बन्द गरिएपछि एक महिला विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर बाहिर निस्किएकी छिन् । यूक्रेनको घटनाको भिडियो अहिले सामाजिक संजारभर भाइरल बनिरहेको छ । सार्वजनिक भिडियोमा ति महिलाले विमानको इमेर्जेन्सी ढोका खोलेर बाहिर निस्किरहँदा विमानका कर्मचारीले उडानको तयारी गरिरहेका थिए ।

विमानभित्र निकै गर्मी भएको भन्दै ति महिलाले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर बाहिर निस्किएको बताइएको छ । तर विमानका कर्मचारीले ति महिला बाहिर निस्किउन्जेली पत्तै पाएनन् ।

पछि उनीहरुले थाहा पाएपछि महिलालाई आफ्नो सिटमा नै गएर बस्न आग्रह गरे । विमानभित्र निकै गर्मी भएपछि उनले एयरलाइन्ससँग समस्या राखिन् पनि तर ति महिलाको कुराको सुनुवाइ नभएपछि उनीबाहिर निस्किएकी थिइन् ।

Related Articles

Back to top button
Close