Religious

अकला मन्दिरमा राति शंख घण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)

नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ। मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ।

अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु, बाह्रै महिना कटहर फल्नु, रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भएको जनविश्वास छ। यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु आदि कुराहरु छन्।

भिडियो हेर्नुहोस :

यी मन्दिरको महिमा बुझेर योगी नरहरि नाथको सक्रियतामा २०५५ सालमा ८५ औं कोटीहोम लगाइएको थियो यसै गरी श्री अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति एवं तनहुँ म्याग्दे ३, किलचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धर्मगुरु व्यासाचार्य किशोर गौतम ज्यूको सक्रियतामा २०७४ चैत्र २५ गतेबाट २०७५ बैशाख ३ गतेसम्म भएको श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ, रुद्रभिषेक, सप्तशति, पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा प्रखर कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको सो कार्यक्रममा रु ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा संकलन भएको थियो ।

सो महायज्ञ संचालन कार्यक्रमको प्रमुख अतिथी संघीय संसदका माननीय सांसद श्री केदार सिग्देल हुनुहुन्थ्यो। सो कार्यक्रम सफल पार्न म्याग्दे गाउँपालिका तथा अन्य क्षेत्रका समेत समाजसेवी, बुद्धिजिवी, महिला, शिक्षक, विद्यार्थी, पत्रकार, किसान, मजदुर, राजनैतिक दल, पेशाकर्मी, संघसंस्था सबै तह र तप्काका व्यक्ति सहभागी भई आर्थिक सहयोगका पु¥याउनु भएको थियो । अकलादेवी मन्दिरको गुरुयोजना बनाउनको लागी ललितपुर गोदावरी नगरपालीका वडा नं. १३ निवासी विनोद खड्कालाई आम भेलाले जिम्मा दिने निर्णय गरीएको थियो ।

कार्यक्रमको लक्ष्यःकिलचोकलार्इं धार्मिक तथा पर्यटकीय स्थलको रूपमा सर्वाङ्गीण विकास गर्ने उद्देश्यहरु यस प्रकार छ।

१. किलचोकलाई धार्मिक पर्यटकीय स्थल बनाउन आवश्यक भौतिक निर्माणको कार्य सम्पन्न गर्ने ।२. किलचोक अकला देवीको मन्दिरको स्तरोन्नति गर्ने ।३. अकला देवी मन्दिर वरपर रहेको जमीनमा वनभोज स्थल निर्माण गर्ने ।४. अकला देवी मन्दिर वरपर रहेको जमीनमा वातावरण मैत्री उद्यानहरु निर्माण गर्ने ।५. अकला देवी प्रति धार्मिक आस्था र विश्वास जगाउने।६. अकला देवी नजिक रहेको रुद्रदेवीको स्तर अन्नतीलाई सहयोग गर्ने ।

Related Articles

Back to top button
Close