Lockdown News

अन्तत: दुई सातादेखिको निषेधाज्ञा हटाउँदै प्रशासन: भर्खरै निकाल्यो यस्तो सूचना

रुकुम पश्चिम । जिल्ला सदरमुकाम खलंगामा लगाइएको दुई सातादेखिको निषेधाज्ञा हटाइने भएको छ । सोमबार बिहान ४ बजेदेखि लागू हुनेगरी मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका ९ र १० नम्बर वडामा लगाइएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी दिएको हो ।

दुई पटक गरी जिल्लामा निषेधाज्ञा लगाइएको थियो । पहिलो पटक भदौ ७ देखि १४ गते रातिसम्म निषेधाज्ञा लगाइएको थियो । दोस्रो पटक पुनः भदौ १५ गतेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो ।

पछिल्लो पटकको परीक्षणमा कोरोना संक्रमितको सम्पर्कमा निश्चित केही जना मात्रै रहेकाले निषेधाज्ञा जारी गरिरहनु नपर्ने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । उनले निषेधाज्ञा हटेसँगै जिल्ला प्रशासनका कामाकाज पूर्ववत् रुपमा सञ्चालन हुने जानकारी दिए ।

Related Articles

Back to top button
Close