Auto News

सबै भन्दा सस्तो मूल्यमा १५० सीसीको मोटरसाइकल खोज्ने लाई यस्ता छन् दुई वि कल्प

काठमाडौं । अहिले बजारमा चल्तीका १५० सी सी क्षमताका मोटरसाइकल बजाज पल्सर १५०, होन्डा यूनिकर्न, टी भी एस आरटीआर १६० फोर भि, यामाहा एफजेड भि थ्री र सुजुकी जिक्सर १५५ रहेका छन् । तर, यी सबै मोडलको मूल्य २ लाख ७० हजार रुपैयाँ देखि ३ लाख २५ हजार रुपैयाँको बीचमा रहेको छ ।

बजारमा यही सेग्मेन्टमा यामाहा एसजेड आराआर र बेनेली टिएनटी १५० सबैभन्दा कम मूल्यका मोटरसाइकल हुन् । उसोत त यामाहा र बेनेली दुबै मोटरसाइकल उत्पादक माझ ठूलो ब्राण्ड नेम भएका कम्पनी हुन् ।

अहिले यामाहा एसजेड आरआरको मूल्य २ लाख ३७ हजार ९०० रुपैयाँ रहेको छ भने बेनेली टिएनटी १५० को मूल्य २ लाख ३० हजार रुपैयाँ मात्र रहेको छ । यामाहासँग कम मूल्यको लाइन अपमा अन्य मोडल पनि भएकाले यसको चर्चा केही कम छ भने, बेनेलीको लाइन अपमा टिएनटी १५० सबैभन्दा कम मूल्यको मोटरसाइकल भएकोले बढी चर्चामा रहँदै आएको छ ।

यामाहाले एसजेड आरआर भारतमा उत्पादन गरेको मोडल हो भने बेनेली टिएनटी चीनमा उत्पादन भएको मोडल हो । अन्य कुनैपनि प्रतिस्पर्धीको तुलनामा यी दुबै मोटरसाइकल करिब ३० हजार हाराहारी सस्तो रहेको छ ।

बेनेली टिएनटी १५० मा १४८ सीसी क्षमताको सिंगल सिलिण्डर, काब्रुरेटर इन्जिन दिइएको छ । उक्त इन्जिनले १२ पीएस पावर र १३.४ एनएम टर्क प्रदान गर्ने छ । त्यस्तै यामाहा एसजेड आरआरमा १४९ सीसी क्षमताको सिंगल सिलिण्डर काब्रुरेटर इन्जिन नै प्रयोग भएको छ । यसको पनि पावर समान १२ पीएस नै रहेको छ भने टर्क १२.८ एनएम रहेको छ ।

बेनेली टिएनटी १५० मा १६ लिटर क्षमताको फ्यूल ट्याङ्क रहेको छ भने एसजेड आरआरमा १४ लिटर क्षमताको ट्याङ्क दिइएको छ । दुबै मोटरसाइकलमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक उपलब्ध रहेको छ । लकडाउनपछि दुबै कम्पनीले १० हजारसम्म नगद छुट, कम डाउन पेमेन्ट र अन्य थप स्कीम दिइरहेकाले अहिले यी मोटरसाइकल किन्ने ग्राहकले १० देखि १५ हजारसम्मको छुटसमेत पाउने छन् ।

Related Articles

Back to top button
Close