Local News( SHANKHARAPUR)

नेपाल स्काउट सक्व क्र्युद्वारा स्यानिटाइजर केन्द्र स्थापना एबम कोरोनाबारे जानकारी

साँखु । नेपाल स्काउट सक्व क्र्युको आयोजनामा कोरोना भाईरसको रोकथाम एवं जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले साँखुको भाग्योदय माध्यमिक विद्यालय, जहरसिंपौवाको कालिकाशरण माध्यमिक विद्यालय र आलापोटको अमर आदर्श माध्यमिक विद्यालयमा चैत्र ६ गते देखि सप्ताहव्यापी हात धुने एवं कोरोनाको बारेमा प्रचार प्रसार गरिने कार्यक्रम रहेको छ । कार्यक्रमको पहिलो दिनमै करिब ३ सय जना सर्वसाधारणले सो स्टलबाट कोरोनाबारे जानकारी लिनुका साथै ह्याण्ड स्यानिटाइजरको प्रयोग र हात धुने तरिका सिकेका थिए ।

स्काउटले काठमाडौं उपत्यकाका मुख्य चहलपहल हुने सामाखुसी, जावलाखेल बसपार्क, चावहिल, असन लगायतका देशका अन्य स्थानमा पनि स्यानिटाइजर केन्द्र सञ्चालनमा ल्याएको छ। कोभिड-१९ बाट जोगिन सघाउने उद्देश्यले नेपाल स्काउटले काठमाडौं, भक्तपुर र ललितपुरका ५० ठाउँमा स्यानिटाइजर केन्द्र स्थापना गरेको छ। केन्द्रबाट स्काउटका स्वयंसेवकहरूले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न सहयोग गर्नेछन्।एक हप्तासम्म चल्ने यो अभियानमा १६ देखि २५ वर्षका रोभर र रेञ्जर स्काउटले सहकार्य गरिरहेका छन्।

स्काउटले प्राकृतिक विपत्ति र अन्य संकटका बेला मानवीय कार्य गर्दै आएको छ। काम विशेषले घरबाहिर निस्कने सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग र सुरक्षाका अरु उपायबारे सिकाउने गरिएको नेपाल स्काउट राष्ट्रिय तर्दथ समिति संयोजक लोक बहादुर भण्डारीले बताए।

फोटो फिचर ::

जहरसिं पौवा >>


साँखु >>>

भद्रवास >>

Related Articles

Back to top button
Close