Lockdown News

अन्ततः भोलिदेखि निषेधाज्ञा हटाउने निर्णय, प्रशासनले भर्खरै निकाल्यो यस्तो सूचना

सर्लाह । सर्लाहीमा भोलिदेखि निषेधाज्ञा हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोरोना संक्रमण फैलिन नदिने उद्देश्यका साथ विगत ३ सातादेखि लगाउँदै आएको निषेधाज्ञा भोलीदेखि हटाउने निर्णय गरेको हो।

जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको आइतबार बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

सर्वसाधारणको जीवन निर्वाह तथा सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई राख्न व्यापार तथा रोजगारी हुने खालका कृयाकलापहरु संचालन गर्न दिइने निर्णय गरिएको उनले बताए ।

तथापि कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालना गर्न, गराउन लगाइने उनले बताए । जिप्रकाले निषेधाज्ञा खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु र हाट बजार तथा मेला आयोजनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ। संघ संस्था, कार्यालय, वित्तीय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर संचालनमा ल्याउन सूचनामा भनिएको छ।

निषेधाज्ञा हटाइए पनि सामाजिक दुरी कायम गर्ने, भीडभाड हुन नदिइने लगायतका नियमहरु अनिवार्य रुपमा पालन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

notice here

Related Articles

Back to top button
Close