Lockdown News

‘उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राखौं’

काठमाडौँ – काठमाडौँ उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले उपत्यकामा दशैँ सम्म नै निषेधाज्ञा गर्नुपर्ने बताएका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका हुन्।

आइतबार प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा भएको बैठकका क्रममा उनले दशैंसम्मनै निषेधाज्ञा जारी राख्नुपर्ने बताए। तिजको समयमा निषेधाज्ञा गरेकै कारण कोरोना भाइरस संक्रमण धेरै फैलिन नपाएको उल्लेख गर्दै उनले निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखे।

“तिजको समयमा निषेधाज्ञा नभएको भए कोरोना भाइरस संक्रमणको वृद्धिदर अहिले भन्दा फरक हुन्थ्यो। त्यससमयमा निषेधाज्ञा जारी नगरिएको भयो बृद्धिद्धर व्यापक भएर जान्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ।”, उनले भने,”दशैं आउँदैछ, केही सहजीकण गरेर भएपनि यसलाई दशैंसम्म राख्नुपर्छ होला ।”

कोरोना भाइरस संक्रमणको दर नियन्त्रणमा नआएका कारण निषेधाज्ञा एक हप्ता थप भइसकेको छ। काठमाडौँ उपत्यकामा भदौ ४ गते देखि लागू गरिएको निषेधाज्ञादोस्रो २४ गते मध्यराति सम्मको लागि थपिएको थियो। यस अगाडी भदौ १० गते निषेधाज्ञा १७ गते सम्मको लागि बढाइएको थियो।

उपत्यकामा निषेधाज्ञा जारी भएपनि संक्रमण नियन्त्रणमा भने आएको छैन। उपत्यकामा अहिले दैनिक उच्च संख्यामा संक्रमित फेला परिरहेका छन्।

Related Articles

Back to top button
Close