Lockdown News

सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति भोलिदेखी बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म

तनहुँको व्यास नगरपालिकामा सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिइएको छ । भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न नगरपालिकाले अनुमति दिएको हो ।सार्वजनिक यातायात सञ्चालन भए पनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएके छ । यातायात सञ्चालन गर्दा क्षमताअनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्न र तोकिएको भाडादरभन्दा बढी नलिन निर्देशन दिइएको छ ।नगरपालिकाले गृह मन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोहीबमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

यसअघि नगरपालिकाले पहिलोपटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो । भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो ।

यो पनि,जनकपुरमा कोरोना संक्रमितको उपचारको क्रममा स्वास्थ्यकर्मी तथा डाक्टरले प्रयोग गरेका स्वास्थ्य सामग्री जथाभावी फाल्ने गरेका कारण स्थानीयवासी त्रसित भएका छन्।कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले प्रयोग गरेका पीपीई, मास्क, पञ्जा लगायतका फोहोर सामग्री प्रादेशिक अस्पताल जनकपुरको प्राङ्गणमै फालिएपछि उपचार गराउन पुग्ने अन्य बिरामी तथा आसपासका वासिन्दामा त्रास फैलिएको हो।

संवेदनशील स्वास्थ्य संस्थाहरु गंगालाल हृदयकेन्द्र, खोप तथा परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र नर्सिंग क्यम्पसमै संक्रमितलाई उपचार गर्ने आइसोलेसन कक्ष रहेको छ। र त्यहीँ परिसरमा अहिले ती फोहोरमैला फालिँदै आएको छ।उक्त फोहोरको डङ्गुरमा दिनभरी दर्जनौ गाई, सुँगुर र कुकुर जम्मा हुने गरेको र ती जनावर वस्तीमा पस्ने गरेकाले बस्तीमा त्रास फैलिएको छ।

Related Articles

Back to top button
Close