Interesting

आफ्ना छोराछोरीलाई १ महिनाको बिदामा सिकाउनुस यी ७ कुरा, जो जीवनभर काम लाग्नेछन !

काठमाडौं । वालवालिकालाई सवभन्दा पहिले राम्रा एवम् असल कुरा सिकाउनका लागि घरपरिवारका मानिसले सोहीखाले व्यहार गर्नुपर्छ । झर्किने, रिसाउने, गा’लि गर्ने, पि’ट्ने जस्ता व्यवहार प्रदर्शनले वालवालिकाले पनि त्यही सिक्छन् । खाली तथा उत्सुक दिमाग भएका उनीहरु काँचो माटो हुन्, जसलाई जस्तो आकार दिन पनि सकिन्छ । राम्रो आकार दिने कुशल कुमालेको काम हो अभिभावकको भूमिका ।
वालवालिकालाई सानै उमेरदेखि उनीहरुले सक्ने काम सिकाउन थाल्नु पर्छ । सानैछ उसले सक्दैन भनेर भन्दै गइयो भनें ठूलो हुन्जेलसम्म उसले केही गर्दैन । ठूलो भइसकेपछि सिकाउन खोजियो भनें पहिले त उसले टेर्दै टेर्दैन । दवावमा काम लगाउन खोजियो भनें पनि उसको सिक्ने वानी नै नभएर समस्यामा पर्छ । उसलाइ सिक्न ज्यादै गाहे हुन्छ । सानोमा सक्दैन, जान्दैन भनेर पन्छाएपछि उनीहरुले ठूलो भएपछि त्यो काम सिक्दै सिक्दैनन् ।

यसकारण ३ वर्षको उमेर भएदेखि नै उसले बुझ्ने र सक्ने कुरा सिकाउँदै जानुपर्छ, सिक्ने अवसर दिनुपर्छ । सामान्य काम पनि सिकाउँदै गर्नुपर्छ । अहिले कतिपय छोेराछोरीहरु एसएलसी सकिसक्दा पनि चिया समेत पकाउने नगरेको देखिन्छ । नकारात्मक असरै पर्ने हिसावले चाँही होइन तर जीवनलाई बुझ्दै जाने हिसावले उनीहरुलाई दुःख र संघर्षको कुरा पनि थोरै थोरै सिकाउँदै जानोस् ।घरको आफ्नो आर्थिक अवस्था पनि सिकाउनु पर्छ । मैले यसरी कमाई गरेर, दुःख गरेर पढाएको छु भन्ने कुरा नानीहरुलाई बुझाउन सक्नु पर्छ । सँग सँगै इमान्दारिताको पाठ सिकाउनु त आजको झनै टड्कारो आवश्यकता हो । स्कूलबाट घर आएपछि उनीहरुलाई तत्काल कपडा फेर्न लगाउने र फेरेको कपडा मिलाएर एक ठाउँमा राख्न लगाउनु होस् । हेंगर छ भनें उनीहरुले भेट्ने ठाउँमा झु’ण्ड्याइदिएर त्यहाँ मिलाएर राख्न लगाउनुहोस् । जस्तै पहिलो अड्काउने किलामा सर्ट, दोस्रोमा पाइन्ट, तेस्रोमा गञ्जी राख्न लगाउनुहोस् । यही क्रममा सधैं कपडा राख्ने वानी वसाइयो भनें जथाभावी काम गर्ने तथा कुनै कुरामा केयरलेस गर्ने वानी हट्छ ।

सक्ने हुन थालेपछि आफ्नो कपडा आफैं धुन लगाउनुहोस् । घर सफा गर्न लगाउनुहोस् । फकाएर, कथा सुनाएर, गीतको शैलीमा नाचेर र नाँच्न लगाएर यी सवै कुरा सजिलै गराउन सकिन्छ । जस्तै, एउटा कथा सिर्जना गरी कपडा धुने कुराका लागि आफु जलदेवता वन्ने र नानीलाई किसान बनाउने । जल देवताले माथिबाट पानी हालिदिने र किसानले तल कपडारुपी खेतमा पानी लगाउने गरेर कपडा धुने खेल शैलीको कामले उनीहरुलाई त्यसो गर्न रमाइलो लाग्छ र यसो गर्दा गर्दै उनीहरु त्यो काम गर्न वानी हुन्छन् । फकाएर, कुरा बुझाएर कुनै पनि कुराको वानी हुन २१ दिन लाग्छ ।नानीहरुबाट सानो गल्ती भयो भनें त्यसलाई ठूलो नवनाउनुहोस् । यस्तो गल्तीले यस्तो असर पर्यो भनेर सम्झाउनुहोस् । मानौं, च’क्कुले हात का’ट्यो भनें त्यसलाई अति सामान्य नै बनाउनुहोस् । यसलाई गम्भीर बनाएर च’क्कुको छेउ नै पर्न दिनुभएन भनें उसले च’क्कुसँग डराएरै च’क्कु नै छुँदैन । तर च’क्कुले एकपटक हात काटेको छ भनें उसले जीवनमा कहिल्यै विर्सदैन र सावधानीपूर्वक च’क्कु चलाउने ज्ञान पस्छ । कुनै सामान वच्चाले हरायो भनें त्यसलाई पनि ठूलो र’डाको मच्चाउने काम नगर्नाेस् । हरायो भैगो चिन्ता नलेउ भनेर तत्काल सान्त्वना दिने । केही दिनपछि मैले कति दुःख गरेर जोडेको सामान हरायो के गर्नु अव मैले फेरि कसरी त्यो सामान किन्न सक्छु र भनेर वच्चलाई गा’लि नगरी बरु आफैं एक्लै रुनुहोस् । त्यसपछि उसलाई मैले ठूलो गल्ती गरेंछु भन्ने आफैं पर्छ र उसले अवका दिनमा सामान जतन गर्ने वानीको विकास हुन्छ ।

मानिसको जीवनमा हराएको सामान खोज्दा जीवनको २ वर्ष समय नास हुन्छ र त्यसले ५ वर्षससम्म त’नाव दिन्छ । घरका परिवारका सदस्यलाई घरमा नभएको बेला पनि उस्को भाग छुट्याएर राखेको वच्चाले देखुन् । अनि मात्र वाँढेर खानुपर्ने कुराको वढी ख्याल हुन्छ । साथीहरुलाई पनि केही वाँढेर खानु पर्छ भन्ने सिकाउनुहोस् । नत्र क्याम्पस पढ्न अथवा जागिरका लागि अन्त साथीसँग डेरा वस्नु पर्दा पनि कि खानेकुरा लुकाईरहने र खानै परेपनि लुकाएर खाने कुरा त्यो उमेरमा निकै अव्यवहारिक वानीले सताउँछ । केटाकेटीसँग न’राम्रा शब्द प्रयोग गर्दै नगर्नुहोस् । अनि अर्काे कुरा सिस्टमलाई सिकाउनुहोस् । आज उसले कल गरेर चाहिने भन्दा धेरै कुरा माग्यो भनें उसलाई दिएर वानी नपार्नुहोस् । चाहिने भन्दा वढी दिनु भयो भनें उसको जिद्दीले ठाउँ पाउँदै गयो भनें उ कुनै कुरामा सहमत नहुने जिद्दी वानीको विकास हुन्छ र त्यसले उसको जीवनमा जिद्दीपनले धोका दिलाउँछ ।

गा’लि गरेर त कोही पनि मान्न तयार हुँदैन । डर देखाएर क्षणिक रुपमा प्रभाव पार्न सकिएला तर दीर्घकालीन रुपमा स्वतस्फूर्त वानीको विकास गराउन सकिदैन । गा’लि गरेर र कु’टेर उसलाई नकारात्मक असर पर्छ र तपाईलाई उस्ले कहिल्यै पनि सकारात्मक रुपमा लिँदैन । मानौं त हात्तीलाई उ सँगसँगै झ’गडा गरेर आफ्नो नियन्त्रणमा लिन सकिदैन । तर एउटा लुरे मान्छेले उसको मनोविज्ञान वुझेर उसलाई फकाउँदै माउतेका रुपमा गजवले नियन्त्रणमा लिएको हुन्छ । अरुका छोराछोरी कस्ता ज्ञानी छन्, हाम्रा त यस्ता छन् भनेर अरुसँग तुलना गरेर आफ्ना छोराछोरीलाई कहिल्यै वेकामे नवनाउनुहोस् । वालवालिकाले आफुलाई नराम्रो बनाएको कुरा कहिल्यै स्वीकार्ने मनस्थिती हुँदैन । त्यसो गरियो भनें उनीहरुले राम्रो कुरा सिक्दैनन्, झन थेत्तरो बन्छन् र दिमागमा नकारात्मक असर पर्छ ।

उनीहरुको उमेर मात्रै सानो हो तर स्वाभिमान र इच्छा सानो हुँदैन । तपाई विचार गर्नुहोस् न, सानो टु’क्रो स्याउ दियो भनें उसलाई त्यो भन्दा ठूलो टुक्रा चाहिन्छ । खाना पनि ठूलो थालमा चाहिन्छ । त्यस्तो बेलामा ठूलौ दिनुहोस र विस्तारै सम्झाउँदै जानुहोस् उस्ले त्यो बानी छोड्छ । अरु पढेर पुरस्कार ल्याउछन्, यसले चाँही खेलेर ( खेलकुदमा) पुरस्कार ल्याएर के काम र भनेर कहिल्यै नभन्नुहोस् । कसैलाई पढाईमा वढी र कसैलाई खेलकुद, गीत संगीत र सृजनशिलतामा बढी रुची हुनसक्छ । प्रत्येक वर्षको एसएलसीमा बोर्ड फष्ट भएका सवै मानिस जीवनका गतिविधिमा प्रख्यात छन् र ? पढाई र व्यवहार भन्ने कुरा उस्तै होइनन, धेरै फरक कुरा हुन् ।यसकारण पढाई भनेको ज्ञान मात्र हुनसक्ला । तर जीवनमा ज्ञान, शिप, संस्कार र जिम्मेवारी व्यवहारले सिकाउँछ, अभिभावकले सिकाउँछन् अनि समाजले सिकाउँछ । यो कुरा मन्टेसोरी विधिले सिकाइरहेको छ । अहिलेको पछिल्लो पुस्ता प्रविधियुक्त समयले हामीभन्दा कैयौं गुणा जानकार हुन्छन् । तर त्यो जानकारी अहमतामा परिणत भयो भनें उनीहरुले हामी कोही पनि अभिभावकलाई आफुभन्दा नजान्ने बेवकुफ ठानेर हामीलाई स्वीकार्ने छैनन् । यदि वालवालिकालाई लापरवाह छोडिउँ र आफुहरु पनि उनीहरु सामु लापरवाही गरिरह्यौं भनें अवको पुस्ता असल ज्ञानयुक्त, शिपयुक्त, संस्कारयुक्त र जिम्मेवारीयुक्त वन्न निकै गाहे छ ।

यसै क्रममा अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले १ महिनाका लागि सबै शिक्षण संस्था बन्दको घोषणा गरेको छ । यस्तोमा यो १ महिनाको अवधिमा स्कूल नजाने आफ्ना छोराछोरीलाई के गर्छन भन्ने चिन्तामा धेरै अभिभावकहरु छन् । तर, अभिभावकले चाहने हो भने आफ्ना सन्तानलाई दैनिक जीवनमा सधै आवश्यक पर्ने महत्वपूर्ण काम सिकाउने अवसर पनि यो समय बन्न सक्छ ।इश्वर देवकोटाले फेसबुकमा लेखेको यो जानकारीमूलक पोष्ट हामीले सबैलाई उपयुक्त हुने देखेर जस्ताका तस्तै राखेका छौं : करिब १ महिना छुट्टी हुँदा अभिभावकहरुको गुनासो सुनिएको छ । ‘अबको १ महिना मेरो छोराछोरीले केही नसिक्ने भयो’ तर, तपाईंले आफ्ना छोराछोरीलाई यो अवधिमा धेरै कुरा सिकाउन सक्नुहुन्छ ।१. खानेकुरा पकाउन । २. बत्ती, पानी, इन्टरनेट लगायतको बिल तिर्न । ३. सर्ट पाइन्टमा टाँक लगाउन र उध्रेको कपडा सिलाउन । ४. आफ्नो लुगा आफैं धुन । आइरन गर्न । ५० घर, आँगन सफा गर्न । ६. करेसाबारीमा तरकारी लगाउन । ७. घरमा आएका पाहुनाको स्वागत र सम्मान कला ।तपाईंलाई लागेको अरुपनि छ्न भने थप्दै जानू होला ।

Related Articles

Back to top button
Close