Banking News

राष्ट्रिय वाणिज्य बैंक एक हप्ताका लागि बन्द रहने !

कर्णाली । बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाको सेवा एक साताका लागि बन्द गरिएको छ ।

प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो ।

बैंसेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको कका प्रबन्धक लीलाराम ढुङ्गानाले बताउनुभयो ।सङ्क्रमित कर्मचारी आइसोलेसन बसिरहेको उहाँले बताउनुभयो ।

पूरै कार्यालय सानिटाइज गर्नुका साथै कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेको शाखा प्रबन्धक ढुङ्गानाले बताउनुभयो । पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close