Corona (COVID-19) Updates

खुशीको खबर, नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै १५ सय ५५ जनाले एकैदिन कोरोनालाई जितेर घर फर्के

काठमाडौं । नेपालमा आज अहिलेसम्मकै धेरै १ हजार ५ सय ६६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २७१२७ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म १७८७० सक्रिय संक्रमितहरु रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभर ८ हजार ४ जना होम लाइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार आज १२४७३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यो पनि

कसको विश्वास गर्ने ! एक ठाउँ परिक्षण गर्दा पोजेटिभ अर्कोमा नेगेटिभ, ल्याबैपिच्छे फरक रिपोर्ट  !

काठमाडौ । कोरोना परिक्षण गर्ने पिसिआर प्रणालीमा फरक ल्याबमा गरिएको फरक रिपोर्टले सर्वसाधारणले हैरानी भोग्ने गरेका छन् । फरक फरक ल्याबमा गरिएको परिक्षणमा फरक रिपोर्ट आउने गरेको छ । जसका कारण सर्वसाधारले समस्या भोग्ने गरेका छन् ।

ललितपुर महानगरपालिका–२७ बस्ने एक युवतीले सुरुमा वीर अस्पतालमा कोरोना परिक्षण गरिन् । उनको पत्थरीको शल्यकृया गरेर शरिरमा पाइप लगाएर बसेकी थिइन् । त्यो पाइप निकाल्न फेरी वीर अस्पताल जाँदा पिसिआर परिक्षण गरियो । त्यसको रिपोर्ट पोजेटिभ आएको भन्दै स्वास्थ्य मन्त्रालयवाट फोन आयो । उनीहरुलाई विश्वास लागेन ।

Related Articles

Back to top button
Close