Corona (COVID-19) Updates

पुल्चोकमा प्रदर्शन नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरको पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको प्रदर्शन नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

बिहीबार पुल्चोकमा रहेको रथ तान्न जम्मा भएका मानिसहरुलाई हटाउन र त्यस क्रममा भएको प्रदर्शन नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि स्वाब दिएपछि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत बिहीबार उनीहरु ड्युटीमा खटिइएका हुन् । रिपोर्ट नआउँदासम्म आइसोलेसनमा नबसेर उनी बिहीबार ड्युटीका लागि पुल्चोक पुगेका हुन् ।

साथै अन्य ३८ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ट्राफिक प्रहरी कार्यालय ललितपुरका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ८ जनामा पनि कोरोना देखिएको हो ।

Related Articles

Back to top button
Close