Lockdown News

काठमाण्डौ को यो, क्षेत्रभित्र बिहानै ४ बजेदेखि क’र्फ्यू आ’देश जा’री…

काठमाडौं । ललितपुरमा विहिवार उत्पन्न परिस्थितीलाई लिएर स्थानीय प्रशासनले क’र्फ्यू लगाउने निर्णय गरेको छ । विहिवार रातो म’छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झ’ड’प पछि अवस्था विग्रन गएकाले शुक्रवार बिहान ४ बजेदेखि राति १० बजेसम्म क’र्फ्यू लगाउने निर्णय भएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत भोलि एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको पुष्टि गरेका छन् ।

बिहीबार ललितपुर पुल्चोकमा प्रशासनले लागू गरेको निषेधाज्ञा अवज्ञा गर्दै हजारौं युवाहरु सडकमा निस्केका थिए । फेसवुक मार्फत आह्वान गरेर युवाहरु भेला भई रथ तान्न खोज्दा प्रहरीले गरेको हस्तक्षेप पछि पुल्चोक रणभूमीमा परिणत भएको थियो ।

कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याउँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र स्थानियबीच झ’ड’प भएको हो । प्रहरीले अवस्था विग्रिएपछि बल प्रयोग गरेको थियो । सो क्रममा कैयौं घाइते भएका छन् ।

कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको अवस्थामा फेसवुक अभियान मार्फत युवा भेला गरेर रथ तान्न लागिएको थियो ।

Related Articles

Back to top button
Close