Hot News

६ महिनासम्म ऋण नउठाउन बैंकलाई सरकारको निर्देशन

कोरोना भाइरसका कारण निधन हुनेको सङ्ख्या बुधबार एशियाभन्दा यूरोपमा बढी पुगेको आधिकारिक तथ्याङ्कमा देखिएको छ। ग्रीनवीच समय अनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्याङ्कमा यूरोपका बढी प्रभावित मुलुकहरू इटली,स्पेनलगायतका मुलुकमा तीन हजार ४२२ जनाको निधन भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण निधन हुने व्यक्तिको सङ्ख्या तीन हजार ३८४ रहेको छ।

प्राप्त तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या एक लाख ९४ हजार पुगेको छ भने आठ हजार ९२ जनाको निधन भएको छ। भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको निधन चीनमा भएको छ भने यूरोपमा इटलीमा भएको छ। चीनमा बुधबारसम्ममा निधन हुनेको सङ्ख्या तीन हजार २३७ पुगेको छ। इटलीमा दुई हजार ५०३ जनाको निधन भएको छ भने अर्को बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा ५९८ व्यक्तिको भाइरस सङ्क्रमणपछि निधन भएको छ।

जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्याङ्क अनुसार विश्वभर बुधबारसम्म दुई लाख एक हजार ४३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ३३४ पुगेको छ भने चीनमा ८० हजार ८९४ जनामा सङ्क्रमण पुष्टि भश्रएको छ। चीनपपिछ बढी सङ्क्रमित सङ्ख्या इटलीमा ३१ हजार ५०६ जना रहेको छ भने इरानमा १६ हजार १६९ पुगेको छ। इरानमा ९८८ जनाको निधन भएको केन्द्रले जनाएको छ।

यसै क्रममा भाइरसको विश्वव्यापी महामारीका कारण सृजित विसम परिस्थितीमा बैंकहरुलाई आगामी ६ महिना रिण नउठाउन र ब्यापारका लागि ४ प्रतिशतमा रिण उपलब्ध गराउन निर्देशन दिएका छन्। ‘यो अवस्थामा व्यापारिक क्षेत्रका लागि बैंक तथा वित्तिय क्षेत्रबाट लिएको रिण भुक्ता गर्न निकै गाह्रो छ’, देशबासीका नाममा सम्बोधन गर्दै राजापाक्ष्याले भने। श्रीलंकाका बैंकहरुले गत वर्ष आ’त्मघा’ती ब’म वि’स्फो’टका कारण तहसनहस पर्यटन क्षेत्रमा पनि केही समय रिण उठाउन बन्द गरेका थिए। त्यतिबेला राष्ट्रपति राजापाक्षाले अग्रसरता देखाएका थिए। उनले व्यापारमा मुल्य नियन्त्रण गर्न पनि निर्देशन दिएका छन्। सम्भावित महँगीप्रति चासो राख्दै उनले मुल्य नियन्त्रणमा कदम चाल्न भनेका छन्।

Related Articles

Back to top button
Close