News

पुल्चोकमा कु’टिएका प्रहरीको अल्कामा उपचार, शरीरको यी भागमा गहिरो चोट,!

काठमाडौँ, भदौ १८। बिहिबार सामाजिक संजालमा एक भिडियो भाइरल बन्यो। जसमा रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा पुल्चोकमा प्रदर्शनको लागि उत्रिएका प्रदर्शनकारीले एक प्रहरी जवानलाई आ-क्रमण गरेका छन्। उक्त भिडियोमा केहि युवा जमातले एक प्रहरी जवानको मोटरसाइकल खोसेर उनीमाथि जाइलागेका थिए।

बिहीवार बिहानैदेखि पुल्चोकमा भैरहेको प्रदर्शन बिहान ११ बजेसम्म सामान्य थियो तर दिउसो १ बजेपछि भने स्थिति सम्हाल्न नसक्ने बनेको हो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच झ’डप सुरु भयो र प्रहरीले अश्रु ग्यास, प्रदर्शनकारीले ढुंगा बर्साउन थाले।

यही झ’डपको बिचमा बिहानैदेखि ड्युटीमा खटिएका प्रहरी जवान कमल प्रसाद घिमिरे परे। जबकि उनको भूमिका भिडलाई नियन्त्रण गर्ने थिएन। उनि सवारी व्यवस्थपनका लागि खटिएका थिए। तर उनले अनावश्यक रुपमा कु’टाइ खाए र उनको मोटरसाइकल समेत ज-लाईयो। उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, हातखुट्टा, ढाडमा गहिरो चो’ट लागेको छ। आ’न्दो’लनकारीले उनलाई नियन्त्रणमा लिएर ७ सय मिटर परसम्म लगेर कु’टपिट गर्दै गर्दा प्रहरीको टोलीले उनको उद्धार गरेको थियो।

घिमिरेमाथि प्रदर्शनकारीले गरेको यस्तो निर्मतापूर्वक आ’क्रमणलाई असह्य भएको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन्।

Related Articles

Back to top button
Close