ThoughtsVideos

१८ बर्षको उमेरमा यसरी उड़ाईंन जहाज,यी हुन नेपालकै काँछि पायलट-भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता नि षेधाज्ञा थप गर्ने तयारी गरेका छन् । को रोना सं क्रमणको जो खिम कम नभएको निष्कर्षसहित फेरि एक साता नि षेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी बीच छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा नि षेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको छ ।

‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी नि षेधाज्ञा थप्नेतर्फ छलफल भएको छ । मोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुन्छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने ।
होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ । सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।

उपत्यकामा को रोना सं क्रमण बढेपछि गत ३ भदौदेखि नि षेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको नि षेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । पछिल्लो पटक १० भदौमा थपिएको नि षेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ । मंगलबार काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा सं क्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौंका ३ सय ९३, ललितपुरका ५८ जना र भक्तपुरमा ३० जना छन् ।
यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Related Articles

Back to top button
Close