NewsVideos

सुर्खेतमा बच्चा जन्मिदा काठमाडौँमा बाबु पत्ता लगाउन तछाड मछाड ! भाइरल हुन अपनाउँछन् यस्ता फण्डा (हेर्नुस् भिडियो)

अहिले सामाजिक संजालमा सुर्खेत घ’टनाले सबैको ध्यान खिचीरहेको छ । सुर्खेतमा एउटी काकी र भतिजाको अ’नैतिक सम्बन्धबाट बच्चा जन्मेको भन्ने खबर सार्वजनिक भयो र घटना भाइरल भएसँगै विभिन्न खालका हेडलाईन् राखेर समाचार सम्प्रेसन भइरहेका छन् । सामाजिक संजालमा उक्त घटना भाइरल बनेपछि धेरैले आफ्ना विचार प्रस्तुत गरिरहेका छन् ।

केही विश्लेषक भनौदाहरुले त, आफुले सम्पूर्ण घटनाको बिस्तृत जानकारी नै भए जसरी आफ्ना अभिव्यक्ति दिईरहेका छन् । पछिल्लो समय केही युट्युब च्यानलहरुले भाइरलको ट्याग भिराइ दिएका पुण्य गौतमले त, मलाई सबै कुरा थाहा छ, सबैकुरा बुझेको छु समेत भन्न भ्याए । आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम र हरि उदासीले यसरि अन्तर्वार्ता दिए कि मानौं उनीहरु त्यहाँ पुगेर उक्त घटनाको सम्पूर्ण नालीबेली नै बुझेका छन् ।

आफ्नो चासोको बिषय होस् या नहोस् आफनो विचार राख्न उनीहरु अगाडी सरेका हुन्छन् । यो घ’टनालाई लिएर पनि पुण्य, हरि उदासीले आफ्नो भनाइ अघि सार्न एक इन्च पनि पछि परेनन् । यो बिषयको सम्बन्धमा प्रहरी तथा अदालतले छिनो फानो गर्नेछ तर आफैँ न्यायाधिस बनेर अनेक टिका टिप्पणी गर्ने यिनको यो हर्कत अलिक अपाच्य भएन कि ?

गौतमकै पदचाप पछ्याएर ‘भाइरल’ बन्नेहरुको सूचीमा ‘मुकुन्दे’ अर्थात् मुकुन्द घिमिरे , हरि उदासी, नरनाथ गौतम, मंगल थापा ‘मंगले’ लगायत छन् । केही वर्षअघिसम्म रत्नपार्कमा रुखमाथि चढेर भाषण गरी चर्चा कमाएका मुकुन्देलाई नचिन्ने जमात सायद कमै होला । धेरैले पागल ठान्ने मुकुन्दे भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् । रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जालमा निकै सक्रिय छन् । आजकल उनी टिकटकमा पनि निकै छाएका छन् ।

अहिलेसम्म अविवाहित मुकुन्देले युवतीहरुसँग बनाएका धेरै टिकटक भिडियो सामाजिक संजालमा भाइरल नै छन् । सामाजिक संजालमा अरुका व्यक्तिगत बिषयलाई लिएर टिका टिप्पणी गर्ने यी भाइरल भनिएकाहरुको क्रियाकलाप अरुका लागि पनि समाचारका बिषय नबनेका हैनन् । केही युटुबरहरुले त उनीहरुका क्रियाकलापलाई पछ्याई पनि रहेका हुन्छन् ।

देशमा भएका घटनाको बारेमा आफ्नो प्रतिक्रिया दिन जहिले पनि लालायित देखिने यी पात्रहरु चर्चा बटुल्नकै लागि विभिन्न युटुब मिडियाहरुलाई आफैँ निम्तो दिएर बोलाउने गरेका समाचार प्रशस्त छन् । यी सबै कसको आलोचना गरेर आफू हिरो हुने भन्ने होडमा तछाड मछाड गर्दै लागिरहेका छन् ।

आफु अब्बल छु भन्ने मामलामा यहाँ कोहि भन्दा कोहि कम छैनन् । उनीहरु आफु चर्चामा आउन अनेक फण्डा अपनाउन पछि पर्दैनन् । एक अर्का प्रति आरोप प्रत्यारोप गरेरै भएपनि सबैको ध्यान आफूतिर केन्द्रित गर्नेतिर जोड तोडले लागि परेका हुन्छन् । यी सबैले आफुलाई सामाजिक अभियन्ता, म फलानो ढिम्कानो भनेर कसैले तपाई भनोस या नभनोस् आफैँ मपाई बन्न खोजेको देखिन्छ ।

पुर्व देखि पश्चिममा घटेका अनेक घटनालाई काठमाडौँमा बसेर उनीहरु यसरि विश्लेषण गर्छन् कि मानौं उनीहरु स्वयम् त्यहाँ पुगेर घटनालाई बिस्तृतमा बुझेका छन् । भाइरल हुनकै लागि कसैको व्यक्तिगत बिषयलाई लिएर बोल्नु कतिको जायज हो ? कोहि सहि को गलत भन्ने आम दर्शक श्रोताको हातमा छ ।

आफ्नो विचार ब्यक्त गर्न पाउने अधिकार र स्वतन्त्रता जो कोहीलाई पनि छ तर समाजका यस्ता पात्रहरुले उटपटयांग, चाहिँदो नचाहिंदो बोलेर सस्तो लोकप्रियता बटुल्ने मात्र ध्यय देखिएको छ । यसको अपवाद यी मध्ये कोहि पनि बन्न सकेनन् ।

युटुब पत्रकारितामा संलग्न धेरै युटुबरले प्रशंसनीय काम गरिरहेका छन् तर यस्ता खालका गतिबिधिले समाजमा नकारात्मक संदेश प्रवाह भइरहेको छ भने युटुब पत्रकारिता गर्नेलाई पनि समस्या खडा गरेको छ । हुन त यहाँ दुधले नुहाएका कोहि पनि छैनन् । तर भाग्य न्यौपाने, शिशिर भण्डारी, मोहन बस्नेत, हिमेश न्यौपाने लगायत युटुब पत्रकारका प्रशंसनीय कामलाई नकार्न सकिदैन ।

Related Articles

Back to top button
Close