Lockdown News

प्रशासनको फेरि यस्तो आयो निर्णय : भोलिदेखि सवारी साधन पनि सञ्चालन गर्ने दिने, के छ मापदण्ड ?

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसंगै देशका विभिन्न जिल्ला तथा क्षेत्रहरुीमा निषेधाज्ञको समयावधि पनि बढाउन थालिएको छ । देशका धरैजसो जिल्लामा कम्तीमा एकदेखि १२ दिनसम्म लम्ब्याइएको छ ।

यसैविच जिल्ला प्रशासन कार्यालय कैलालीले पनि जारी निषेधाज्ञा खुकुलो पार्दै १२ दिन थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १९ गतेसम्म लगाएको निषेधाज्ञा ३१ गते राति १२ बजेसम्म थप गरेको हो ।

निषेधाज्ञाले कतिपय नागरिकको जन–जीवन कष्टकर बनेकाले सुरक्षा सतर्कता अपनाएर विभिन्न कामहरु गर्न छुट दिइएको प्रशासनले जनाएको छ । मापदण्ड पालना गरेर जिल्लाभर जोरबिजोरमा प्रणालीमा सवारी साधन सञ्चालन गर्ने, अटो रिक्सा जोर बिजोर प्रणालीमा बढीमा दुई यात्रु बोकेर सञ्चालन गर्ने आदेश गरिएको छ।

निषेधाज्ञाभर जिल्लामा खाद्यवस्तु, इन्धन, तरकारी, फलफूल, दूधडेरीका पसल, हार्डवेयर, कपडा फेन्सी लगायतका पसल मापदण्ड पालना गरी विहान ५ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।

Related Articles

Back to top button
Close