News

जनकपुरमा चम्ल्याहा बच्चालाई जन्म दिने आमाको मृ`त्यु

जनकपुरमा चार वटा बच्चालाई जन्म दिने आमाको मृ`त्यु भएको छ । धनुषाको विदेह नगरपालिका-७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ शल्यक्रिया मार्फत एकैपटक चार सन्तानको जन्म दिएकी थिइन् ।

शल्यक्रियापछि उनको अवस्था गम्भीर भएपछि जनकपुरधामस्थित काव्या अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको छ । ती महिलाको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि हिजोदेखि नै डाक्टर अजय यादवको निगरानीमा भेन्टि`लेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रसुती व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोनिया सिंहले शल्यक्रिया गरेर बच्चाहरु निकालेकी थिइन् ।

अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ । शिशुहरुको अवस्था समेत अस्थिर देखिएको र अहिले चारै बच्चाहरुलाई आईसीयूमा राखेर उपचार भइरहेको काव्या अस्पतालका सञ्चालक डा. एसके सिंहले जानकारी दिए ।

Related Articles

Back to top button
Close