News

सिधाकुरा जनतासँग कार्यक्रमका एक सदस्यलाई कोरोना संक्रमण

काठमाडौं, १७ भाद्र / मुलुकमा कोरोना म’हामारीले भयावह रुप लिइरहेको बेला संक्रमित सङ्ख्या ४० हजार नाघेको छ भने निको हुनेको सङ्ख्या २२ हजार रहेको छ ।

पछिल्लोसमय कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । मंगलबार मुलुकभर ११ जनाले ज्य’ान गु’माएका छन् , हालसम्म कोरोनाबाट ज्या’न गु’माउने सङ्ख्या २ सय ३९ पुगेको छ ।

१८ हजार भन्दा धेरै कोरोना संक्रमित आइसोलेसनमा रहेको छ भने ७ हजार ३ सय ९० व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । नेपालमा हालसम्म ७ लाख ५ हजार भन्दा बढीको पी’सीआर परिक्षण गरिएको छ भने ३ लाख जनाको आरडिटी परिक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमणबाट सञ्चारकर्मीहरु पनि अछुतो छैन, त्यस्तै न्युज २४ टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगका एक रिपोर्टर कोरोना संक्रमित भएको प्रस्तोता रवि लामिछानेले मंगलबारको लाइभ कार्यक्रमबाटै जानकारी दिएका छन् ।

संक्रमित सञ्चारकर्मी महोत्तरीबाट सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्छन् । अहिले उनी कोरबरोना मुक्त भएर काममा फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close