Lockdown News

काठमाडौं उपत्यकामा निषेधाज्ञा १ साताका लागि थप, भदौ २४ गतेसम्म कायम रहने

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थप भएको छ । काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

आज बसेको संयुक्त बैठकको निर्णय अुनसार काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अब भदौ २४ गतेसम्म कायम रहने छ ।

बैठकले निषेधाज्ञा केही खुुकलो भने बनाइने निर्णय गरेको पनि बताइएको छ । यद्धपि यो निर्णयको बारेमा औपचारिक जानकारी सार्वजनिक हुन भने बाँकी छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यकामा गत भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

पहिलो चरणमा ७ दिनका लागि जारी गरिएको निषेधाज्ञा १० गते सकिएको थियो । त्यसपछि पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

Related Articles

Back to top button
Close