Economic News

ह्वात्तै घ ट्यो सुनको मूल्य, हेर्नु होस् तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर प्रतितोला ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको छ । *** पूरा भिडियो हेर्न यहीँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close